गोरखा, भाद्र २७ –बालबालिकाको कुरा सुनौ बाल दुव्र्यबहार अन्त्य गरौ भन्ने नारा सहित यहि भदौ २९ गते मनाउन गईरहेको राष्ट्रिय बाल दिवस २०७१ को अवसरमा बालबालिकाको लागि १० बर्षे राष्ट्रिय कार्य योजना २०६१÷०६२ देखी २०७१÷०७२ को गोरखामा आज समिक्षा भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदबाट २०६९ साल भदौ १८ गते स्विकृत भई लागु भएको कार्य योजनाको आज समिक्षा भएको हो । योजनाले निर्दिष्ट गरेका बाल स्वस्थ्य, बाल संरक्षण, बाल विकास र बाल सहभागिता मा केन्द्रित रहेर योजनाको समिक्षा गरेको हो ।
जिल्ला बालकल्याण समितिको. समन्वयमा लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ र महिला तथा बालबालिका उत्थान समाज गोरखाको आयोजनामा भएको समिक्षा बैठकमा गोरखाका राजनितिक दलका प्रतिनिधिहरु सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ गोरखाको अध्यक्ष रविकला खनालको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको समिक्षा कार्यक्रममा गोरखामा बालबालिकाको शैक्षिक, स्वास्थ्य, सुरक्षाको अवस्था लगायतका विविध विषयमा समिक्षा भएको छ ।
Post a Comment