गोरखा, भाद्र २७ –एकीकृत माओवादी इलाका नं. २ गोरखाको बैठक बुङ्कोटमा आज सम्पन्न भएको छ । इलाका नं. २ का इन्चार्ज कृष्ण रानामगरको अध्यक्षतामा सम्पन्न बैठकमा एकीकृत माओवादीका केन्द्रीय सदस्य अमर तमु र क्षेत्र नं. १ का इन्चार्ज दिपक तिमिल्सिना (साकार)ले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो । बैठकले गाविसहरुमा पार्टी सदस्यहरुको भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने, गाउँ कमिटिहरुको बैठक बस्ने, जनवर्गीय संगठन र जातीय मोर्चाहरुको गाविस भेला गरी संगठन गठन, पुनर्गठन गर्ने लगायतका निर्णयहरु गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment