गोरखा, भाद्र २७ –संयुक्त लालपुर्जा अभियान अभिमुखीकरणसम्बन्धी गोष्ठि आज गोरखा बजारमा सम्पन्न भएको छ । नारी सिप सिर्जना केन्द्र हेटौडाको आयोजना तथा अक्सफाम, आत्मनिर्भर केन्द्र सिएसआरसी र टिएमयुसी गोरखाको सहयोगमा भएको कार्यक्रमा नारी सिप सिर्जना केन्द्रका कार्यकारी निर्देशक शान्ता बरालले सम्पत्तिमा महिलाको समान अधिकार स्थापित गर्नको लागि संयुक्त लालपुर्जा हुनुपर्ने विचार व्यक्त गर्नुभयो । आधा पुरुष, आधा नारी, जमिन हक बराबरी  भन्ने नाराका साथ केन्द्रले संयुक्त लालपुर्जा अभियान २३ जिल्ला लागु गरेको जानकारी गराउँदै संयुक्त लालपुर्जा बनाउनमा जोड दिनुभएको छ । कार्यक्रम तुलसी मेहर युनेस्को क्लबका अध्यक्ष धिरजबाबु मास्केको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top