गोरखा, भाद्र २७ –चेस नेपाल गोरखाले गोरखाको ताङलीचोक गाउँ बिकास समितिमा हिजो देखि शुरु गरेको पशु व्यवस्थापन तथा तरकारी खेतीसम्बन्धी प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । चेस गोरखाले ताङलिचोक गाविसको वडा नं ९ मा रहेका स्थानिय महिला समुहका प्रतिनिधिहरुलाई पशु व्यवस्थापन तथा तरकारी खेती सम्बन्धी तालिम प्रदान गरेको हो । बेमौसमी तथा मौसमी तरकारी खेती सम्बन्धमा प्रदान गरिएको तालिममा वालदेवी महिला समुह, भुमिस्थान महिला समुह, र महादेव महिला समुहका गरि ४७ जना सहभागी भएको चेस गोरखाकी समुह सहजकर्ता भिममाया गुरुङले जानकारी दिनुभयो । तरकारी खेती सम्बन्धी तालिम प्राविधिक बिनोद सिलुवालले दिनुभएको थियो । चेस गोरखाका डम्बर गुरुङले प्रदान गर्नुभएको पशु व्यवस्थापन सम्बन्धी तालिममा सोही वडाका लालिगुरास महिला समुह, महादेव महिला समुह र बालदेवी महिला समुहका गरि ४२ जना सहभागीले तालिम लिएका थिए । सो अबसरमा भलोडाँडा महिला समुह, सरस्वती महिला समुह र भुमेस्थान महिला समुहका ५० घरधुरीका ४ सय बाख्रालाई परजिवी सम्बन्धी बाहिरी तथा भित्रीरोग सम्बन्धी उपचार समेत गरिएको गुरुङले जानकारी दिनुभयो ।

Post a Comment

 
Top