भाद्र २८ –मोहन बैद्य नेतृत्वको नेकपा माओबादीलाई संबिधान निमार्णमा सहमतीमा ल्याउन भदौ ३१ मा हुने राजनीतिक सभाको एजेन्डा र सहभागि दलको टुंगो लगाउन कार्यदलको बैठक आज पनि बस्दै छ । हिजोको बैठकमा भदौ ३१ मा सभा गर्ने सहमती भए पनि एजेन्डा र सहभागि हुने दलको टुंगो नलागेपछि त्यसबारे छलफल गर्न आज कार्यदलको बैठक बस्न लागेको हो । बैठक आज अपरान्ह साढे चार बजेपछि नया बानेश्वरमा बस्ने छ । सभाको मिति, विषयबस्तु र बिधि तय गर्न चार दलका दुई–दुई जना नेता सहभागि कार्यदल गठन गरिएको थियो । कार्यदलले भदौ ३१ गते बिहान ९ बजेपछि संबिधानसभा भवन नयाबानेश्वरमा हुने राजनीतिक सभाको अध्यक्षता प्रधानमन्त्री सुशील कोइरालाले गर्ने टुंगो लगाएको कार्यदल सदस्य एबम् एकीकृत माओबादी नेता खिमलाल देबकोटाले जानकारी दिनुभयो । उहाका अनुसार आजको बैठकमा कुन दलबाट कति जना सहभागि हुने, बैठकका एजेन्डा के–के हुने भन्ने विषयमा टुंगो लगाउन पहल हुनेछ । नेकपा माओबादीको मागलाई सम्बोधन गर्दै प्रमुख तीन दल संबिधानसभा बाहिर रहेका दललाई पनि संबिधान निमार्णमा सहभागि गराउन राजनीतिक सभा गर्न सहमत भएका थिए । साभार रेडियो मैत्रि
Subscribe to:
Post Comments (Atom)
Post a Comment