भाद्र २८ –सरकारले विपक्षीको माग पुरा गर्न गंभिरता नदेखाउदा व्यबस्थापीका संसदमा विनियोजन बिद्येक माथिको छलफल निरन्तर प्रभाबित भैरहेको छ । प्रमुख प्रतिपक्षी दल एकीकृत माओबादीसहितका अन्य दलहरुले सक्तारुढ काग्रेस एमालेसँग भएको चारबुदे सहमती कार्यान्वयनको माग गर्दै संसदका ६ वटा बैठक अबरुद्ध गरिसकेका छन् । सभामुख सुवास नेम्वाङले संसद खुलाउन गंभिर बन्न सरकारलाई पटक–पटक आग्रह गर्दा समेत सरकारले यसतर्फ सक्रियता देखाएको छैन । 
संबिधान निमार्णका बिबाद मिलाउन उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने र त्यसको नेतृत्व माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने काग्रेस–एमालेसँग भएको सहमती कार्यान्वयन हुनुपर्ने विपक्षीको माग छ । सरकारको उदासिनताको कारण भदौ ५ गते सम्मको लागि बिनियोजन बिद्येक माथि छलफल गर्ने कार्यसुची भएपनि भदौ सकिन लाग्दा समेत त्यस माथिको छलफल प्रभाबित अवस्थामा नै छ । यसअघि रातो किताब भाग दुई प्रकासनमा ढिलाई हुदा बजेट माथिको छलफलमा ढिलाई भएको थियो । साभार रेडियो मैत्रि

Post a Comment

 
Top