भाद्र २८ –सल्यान निगालचुलामा भीरबाट लडेर एक महिलामाको मृत्यु भएको छ ।निगालचुला गाविस वडा न ५ भिरकुनाकी ६८ वर्षिया कली खत्रीको घाँस काटन भीरमा गएको अवस्थामा लडेर मृ्त्यु भएको रेडियो शारदा सल्यानले खबर पठाएको छ । हात्तिटाउके बनमा गएको बेला लडेर घाइते हुनुभएकी खत्रीलाई उपचारकोलागि अस्पताल लैजाने क्रममा बाटोमै मृ्त्यु भएको स्थानीय टोपेन्द्र ओलीले जानकारी दिनुभयो ।
यसैबीच महोत्तरीको जलेश्वर कारागारमा रहेका एक कैदीको उपचार नपाएर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सितामणीका मोहमद साबीर मन्सुरी रहेको कारागार प्रशासनले जानकारी दिनएको छ । केहि समय यता बिरामी रहेका मन्सुरीको उपचार नपाएर मृत्यु भएको कारागारले जनाएको छ । साभार रेडियो मैत्रि

Post a Comment

 
Top