गोरखा असोज १ –आज असोज १ गते अर्थात सेप्टेम्बर १७ तारिखको दिनलाई विश्व वातावारण दिवसको रुपमा मनाउने गरिन्छ । आजैका दिनमा मेसिनरी औजारको पूजा गर्ने गरिन्छ । गोरखा लगायत देशै भरी आज विश्वकर्मा पूजा गरिएको छ । गोरखामा रहेका साना तथा ठूला सवारी साधानहरु, मेसिनरी औजारहरुको सामूहिक तथा छुट्टाछुट्टै पूजा सम्पन्न भएका छन् । स्वतन्त्र यातायात मजदुर संगठन गोरखाको आयोजनामा गोरखा बसपार्कमा विश्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्ष विश्वकर्मा पूजाको रुपमा असोज १ गतेलाई लिने गरिन्छ । विश्वकर्मा दिवसकै अवसर पारेर आज मिरकोट गाविसको द्यौखोलामा बाबा विश्वकर्मा मन्दिरको उद्घाटन गरी सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ रविकला खनालले सम्बोधन गर्नुभएको थियो । गाविस सविच टंक बहादुर अधिकारी, नेपाली काँग्रेसका रेशम बहादुर अधिकारी , एकीकृत नेकपा माओवादीका डम्बर राना, लगायतले मन्दिर उद्घाटन कार्यक्रमका अवसरमा सम्बोधन गरेका थिए । कृष्ण बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा शिव बहादुर अधिकारी नेतृत्वको भजन मण्डलीले भजन प्रस्तुत गरेको डिल बहादुर विश्वकर्माले जानकारी दिनुभयो । आज विश्वकर्मा पूजा गरिएको छ । हरेक वर्र्ष आजकै दिन औजार, साधन र निर्माणका देवताका रुपमा मानिने विश्वकर्माको पूजा गर्ने चलन छ । आज कलकारखाना र प्राविधिक क्षेत्रमा काम गर्नेले विश्वकर्माको मूति र्तथा आफ्ना यन्त्र, उपकरण र गाडीहरुमा पनि पूजा गर्ने गर्छन् । आज कलकारखाना र प्राविधिक क्षेत्रमा काम गर्नेले विश्वकर्माको मूति तथा आफ्ना यन्त्र, उपकरण र गाडीहरुमा पनि पूजा गर्ने गर्छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment