काठमाण्डौ, असोज १ –व्यवस्थापिका संसदअन्र्तगतको सुशासन तथा अनुगमन समितिले अख्तियारलाई नीतिगत भ्रष्टाचारलाई पनि छानबिनको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडी बढाउन निर्देश्न दिएको छ । समितिले आजको बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बोलाएर नीतिगत भ्रष्टाचारलाई पनि छानबिनको प्रक्रियामा ल्याउन आवश्यक प्रक्रिया तुरुन्त चाल्न निर्देशन दिएको हो । समितिको आरोप सामना गर्न अख्तियार प्रमुख कार्की समिति बैठकमा पुगेलगत्तै पत्रकारहरुलाई भने बाहिर निकालिएको थियो । सामान्यतया संसदीय समितिमा हुने छलफलमा सञ्चारकर्मीलाई निषध गरिदैन । दोश्रो संविधान सभाको निर्वाचनपछि गठित संसदीय समितिका बैठकहरुमध्ये सञ्चारकर्मीलाई निषेध गरिएको यो पहिलो बैठक हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment