काठमाण्डौ, असोज १ –प्रधानमन्त्री सुशील कोइरालाले सरकारले समयमा नै संविधान दिने गरी तयारी भएको बताउनुभएको छ । विज्ञान दिवसका अवसरमा आज काठमाडौंको कीर्तिपुरमा बिपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालयको उद्घाटन गर्दैै उहाँले ६० वर्षभन्दा बढीको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न देश संविधान निर्माणको महत्वपूर्ण चरणमा बढिरहेको उल्लेख गर्नुभयो । संविधान आउने कुरालाई अब कसैले छेक्न नसक्ने भन्दै उहाँले अहिले देश विकासको मार्गमा बढिसकेको बताउनुभयो । उहाँले विज्ञानका नवीनतम् प्रविधिको उपयोग गरी प्रकृतिको देनलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Post a Comment

 
Top