नवलपरासी, असोज १ –नवलपरासीको तूलसिपूरमा बस, एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । आज दिउँसो ना ५ ख २१८३ नम्बरको बस, लू १ च ३७३० नम्बरको एम्बूलेन्स र लू ५ख ६४९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो । घाइतेहरुको सरामनगर सामूदायिक अस्पताल भूमइमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृतकहरुको भने पहिचान खूल्न सकेको छैन । घाइते हूनेमा बस चालक ३३ वर्षीय भीमप्रसाद परियार र अ्र्जून थापा रहेका प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment