असोज १ –१७ औं एसियाली खेलकुदको फुटबलमा नेपालले आज कुवेतको सामना गर्दैछ । पहिलो खेलमा ईराकसंग ४–० ले पराजित भएको नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल ईन्चोनस्थित ग्योङ स्टेडियममा दिउँसो १ बजेपछि सुरु हुनेछ । सागर थापाको कप्तानीमा रहेको नेपाली २३ वर्ष मुनीको टोलीलाई प्रतियोगितामा अर्को चरण प्रवेश गर्न आजको खेल जित्नैपर्ने दबाब छ । आज ‘गर या मर’ को स्थितिमा रहेको नेपालले जसरी पनि जित्ने रणनीतिमा खेल्ने टिम व्यवस्थापक रमेश रायमाझीले बताउनुभयो । पहिलो खेल जापानसंग पराजित भएको कुवेत पनि आज जित्नै पर्ने अवस्थामा खेल्दैछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment