असोज १ –सरकारी मुल्य अनुसार भुक्तानी पाउनु पर्ने माग गर्दै गत भदौ २९ गते देखि कपिलवस्तुमा आन्दोलनरत उखु कृषकहरुले ६ दिनका लागि आन्दोलन स्थगित गरेका छन् । प्रशासन काार्यलयमा मिल प्रशासन र आन्दोलनरत कृषकहरुबीच सहमति भएपछि आगामि आईतवारसम्मका लागि आन्दोलन स्थगित भएको हो । उनीहरुले जवाभारी मिल नजिकै चन्द्रौटा–कृष्णनगर सडकखण्ड बन्द गर्दै प्रदर्शनमा उत्रेका थिए । जवाभारी स्थित महालक्ष्मी सुगर्स मिलका संचालक बिरेन्द्र कनौडियाले प्रशासन काार्यलयमा आउदो आईतवार आफै उपस्थित भई समस्या समाधानका लागि पहल गर्ने लिखित प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गर्न सहमत भएकोे प्रशासकीय अधिकृत मेघनाथ उपाध्याले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment