काठमाण्डौ, असोज १ –नेपाल राष्ट्र बैंकले आजबाट दसैंका लागि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंककोे मुद्रण विभाग, थापाथली र ७ वटा जिल्ला कार्यालयबाट फूलपातीको दिनसम्म नयाँ नोट वितरण गर्ने भएको हो । राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले ४० अर्बदेखि ४५ अर्बसम्म नयाँ नोट वितरण हुने बताउनु भयो । यस वर्ष ५, १०, २०, ५० र एक सय रुपैयाँका नयाँ नोटहरु सर्वसाधारणले पाउने छन् । एक व्यक्तिले बढिमा २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउने बैंकले जनाएको छ । राष्ट्र बैंकले उपत्यका बाहिर बिराटनगर, जनकपुर, बीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीेका शाखाबाट पनि सटही सुबिधा उपलब्ध हुने छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment