असोज १ –‘विज्ञान प्रविधि र आबिस्कार, दीगो विकासको आधार’ भन्ने नाराका साथ आज दोस्रो राष्ट्रिय विज्ञान दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै छ । दिवसका अवसरमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको विज्ञान सङ्ग्रहालय भवन उद्घाटन गरिदै छ । प्रधानमन्त्री सुशील कोईरालाले भवन तथा विज्ञान प्रदर्शनीको समेत उद्घाटन गर्ने कार्यक्रम छ । दिवस मनाउन विभिन्न सङ्घसंस्थाको प्रतिनिधित्व हुने गरी ६६ सदस्यीय मूल समारोह समिति र विभिन्न छ वटा उपसमिति समेत गठन गरिएको छ ।

Post a Comment

 
Top