काठमाण्डौ, असोज १ –सार्क राष्ट्रका गृहमन्त्री, गृहसचिव र अध्यागमन अधिकारीहरूको छैठाँै बैठक आजबाट काठमाडौँमा सुरु हँदैछ । आज सार्क अध्यागमन अधिकारीको बैठक, भोली सार्क गृह सचिवस्तरीय बैठक र ३ गते सार्क गृहमन्त्रीस्तरीय बैठक हुने गृह मन्त्रालयले जनाएको छ । सार्क गृहमन्त्रीस्तरीय बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले असोज ३ गते गर्ने कार्यक्रम छ । बैठकले यसअघिका सार्क शिखर सम्मेलनमा व्यक्त प्रतिबद्धताका विषयलाई प्राथमिकतामा राख्दै दक्षिण एसियामा आतङ्कवाद, लागुऔषध कारोबार, मानव बेचविखन तथा ओसारपसार, भ्रष्टाचार र विद्युतीय अपराध नियन्त्रणलगायत विषयमा छलफल गरी साझा प्रतिबद्धता व्यक्त गर्नेछ । सार्कका गृहमन्त्रीहरू, गृहसचिव र अध्यागमन अधिकारी सहभागी बैठक सन् २००६ देखि नियमितरुपमा हुँदै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment