काठमाण्डौ, असोज १ –व्यबस्थापीका संसदको बैठक आज पनि बस्दै छ । संबिधानसभा भवन नयाबानेश्वरमा साँझ ५ बजेको लागि बोलाइएको बैठकले एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । प्रतिपक्षी दलहरुले अवरोध गर्दै आएकाले बिनियोजन बिधेयक माथिएको छलफल भने नहुने बताइएको छ । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओबादी सहितका दलहरुले काग्रेस–एमालेसँग भएको चार बुदे सहमती कार्यान्वयनको माग गर्दै यसअघि लगातार सातपटक बैठक अबरुद्ध गराइसकेका छन् । चार बुदे सहमतीमा उच्चस्तरीय राजनीतिक समिति गठन गरि त्यसको नेतृत्व एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन तत्काल गर्ने, निर्वाचनमा भएको धाधली छानवीनको लागि संसदीय समिति गठन गर्ने लगायत बुदा उल्लेख छन् ।

Post a Comment

 
Top