काठमाण्डौ, असोज १ –संबिधानसभा अन्तर्गतको सम्बैधानिक राजनीतिक सम्बाद तथा सहमती समितिले बुझाएको प्रतिबेदनमा छलफल गर्न संबिधानसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेपछि संबिधान सभा भवन नयाबानेश्वरमा बस्ने छ ।संविधानका अन्तर्वस्तुमा भएका सहमति र असहमति सहितको प्रतिबेदनमाथि शुक्रबारबाट छलफल शुरु भएको थियो । सोमबार भने एकीकृत माओबादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनका कारण बैठक स्थगित भएको थियो । समिति सभापति बाबुराम भट्टराईले संविधानसभामा पेश गर्नु भएको प्रतिवेदनमा सभासदहरुले आज पनि धारणा राख्ने संविधानसभा सचिवालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment