गोरखा, भाद्र ३१ –ट्राफिक प्रहरी कार्यालयद्वारा जिल्लाको दुई स्थानमा सहायता कक्ष स्थापना, सवारी दुर्घटना न्युनिकरणको लागि सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी प्रमुखको दावी सवारी दुर्घटना न्यूनिकरण तथा सवारी सम्वन्धि गुनासो न्यूनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सहायता कक्ष स्थापना गरेको छ । ट्राफि प्रहरी कार्यालयले गोरखा नगरपालिकाको १२ किलो बजार र गोरखा बजारको हरमटारी चोकमा हेल्प डेस्क स्थापना गरेको छ । सवारी दुर्घटनाबाट जोगीनका लागि सर्वसाधरणलाई सचेत गराई दुर्घटनामा कमी ल्याउन हेल्प डेक्स स्थापना गरिएको ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताउनुभयो । उहाँले तिहार पर्वसम्म सहायता कक्ष स्थापना गरी सर्वसाधारणको सेवामा काम गर्ने बताउनुभयो ।

Post a Comment

 
Top