गोरखा, भाद्र ३१ –मुलुकलाई सन् २०१५ सम्म पूर्णसाक्षर बनाउने अभियान अन्तर्गत देशभर अहिले साक्षर नेपाल अभियान चलिरहेको छ । गोरखामा पनि साक्षर नेपाल अभियानले तिब्रता पाएको छ । हाल जिल्लाको ४३ गाविस र नगरपालिकामा साक्षरता अभियान चलिरहेको सहायक जिल्ला शिक्षा अधिकारी ठाकुर जी तिवारीले बताए । मुलुकलाई चालु आर्थीक बर्ष भित्रमा निरक्षरमुक्त घोषणा गर्ने सरकारको लक्ष्य लिएको छ । गोरखालाई यहि चैत्र मसान्तसम्म पुर्ण साक्षर जिल्ला घोषणा गरीने उनको भनाई छ । जिल्लामा वि.स २०६९ देखी साक्षरता अभियान सुरु भएको हो ।
२०६७ सालको तथ्याङ्क अनुसार जिल्लामा ६७ हजार १ सय ५१ जना निरक्षर रहेका छन् । यि सवै साक्षर भएपछि जिल्ला निरक्षरमुक्त घोषणा हुनेछ । आर्थीक बर्ष ०६९÷०७० मा २३ गाविसमा साक्षरता अभियान सञ्चालन गरिएको तिवारीले बताए । आर्थिक बर्ष ०६८÷०६९ मा ९ हजार ४ सय ६७ जना, आ.व.०६९÷०७० मा १२ हजार ४ सय ४३ र आ.व ०७०÷०७१ मा ३३ हजार ९ सय ९५ जना साक्षर भएको शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हाल जिल्लामा ५४ यूनिटमा साक्षरता अभियान सञ्चालन भईरहेको छ । साक्षरता अभियान सञ्चालन गर्नको लागि जिल्लाभरका १ सय १७ प्रशिक्षकलाई तालिम दिएको र ति प्रशिक्षकहरुले ४३ गाविस र नगरपालिकाका १ हजार ३ सय ९४ साक्षरता स्वयम् सेवकलाई तालिम दिई कक्षा सञ्चालन भई रहेको तिवारीले बताए ।
नामजुङ गाविस यहि असोज ३ गते पूर्ण साक्षर गाविस घोषणा हुने तिवारीले बताएका छन् । यस अघि आरुचनौटे गाविस जिल्लाकै पहिलो साक्षर गाविस घोषणा भएको छ । साक्षर नेपाल अभियान तिव्रताका साथ चलिरहेकोले क्रमश अन्य गाविसहरु पनि साक्षर घोषणा हुनेछन् । गत मंसिर ४ मा भएको चुनावको आचारसंहिता, कर्मचारीको फेरवदल लगायत विविध कारणले गर्दा साक्षरता अभियान सञ्चालन गर्न ढिलाई भएको सहायक जिल्ला शिक्षा अधिकारी तिवारीको भनाई छ । गाविस पूर्ण साक्षर घोषणा हुनका लागि गाविसमा रहेका १५ देखी ६० बर्ष उमेर समुहका ९५ प्रतिशत जनता साक्षर हुनुपर्ने युनेस्कोको मान्यता रहेको छ । नेपालभर हाल सम्म सिन्धुपाल्चोक, ललितपुर, धादिङ, चितवन, स्याङ्जा र पाल्पा गरी जम्मा ६ जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भएको छ ।

Post a Comment