काठमाण्डौ, भाद्र ३१ –पहिचान सहितको संघिय संविधान निमार्णमा दवाव दिन भन्दै आज आदिवासी जनजातिहरुले नयाँबानेश्वरमा धर्ना दिइरहेको छ । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा नयाँबानेश्वर स्थित एभरेष्ट होटल अगाडि भर्नामा बसेका हुन् । जातिय, भाषिक र ऐहासिकताको आधारमा राज्यको पुनरसंरचना सहितको संघिय संविधान, धर्मनिरपेक्षतालाई संविधानमा अपरिवर्तनिय धाराको रुपमा राख्नु पर्नेलगायतका माग सहित धर्नामा बसेको महासंघका अध्यक्ष नगेन्द्र कुमालले जानकारि दिनुभयो ।
उहाँको अनुसार धर्ना बिहान ११ बजे सम्म जारी रहनेछ । संविधानसभा भवनमा हुने सर्वदलिय राजनैतिक सम्मेलनमा छलफल हुँदा आफुहरुको मागमाथि वेवास्ता नगरियोस भनेर धर्ना कार्यक्रम राखिएको अध्यक्ष कुमालले बताउनु भयो । नेपाल आदिवासी जनजाति महासंघले असोज १, २ र ३ गते संविधानसभा भवनमा धर्ना दिने कार्यक्रम यसअघि नै घोषणा गरिसेको थियो ।

Post a Comment