काठमाण्डौ, भाद्र ३१ –आज हुने सर्वदलिय राजनैतिक सम्मेलनका एजेण्डा तय गर्न अहिले राजनैतिक दलहरुको बैठक बालुवाटारमा बसिरहेको छ । एजेण्डा तय गर्न बनेको कार्यदल, नेकपा माओवादी र ठुला दलका शिर्ष नेताहरुको संयुक्त बैठक बसिरहेको कार्यदलका सदस्य एवं एमाओवादी नेता खिमलाल दोवकोटाले जानकारी दिनुभयो । हिजोराति अबेर सम्म बसेको बैठकले एजेण्डाको टुंगो लगाउन नसकेपछि आज शिर्ष नेताहरु सहितको बैठक बसेको हो । सम्मेलनको मुख्य एजेण्डा मै कांग्रेस, एमाले, एकिकृत माओवादी र नेकपा माओवादीबिच विवाद छ ।
वैद्य माओवादीले राष्ट्रिय राजनैतिक मुद्धा र शान्ति प्रकृयासंग सम्बन्धित मुद्धामा पहिले सहमति गरेर मात्रै संविधानका अन्तरवस्तुमा छलफल गर्न सकिने अडान लिएको छ । नेपाली कांग्रेस र एमालेले भने सर्वदलिय सम्मेलनमा अहिले संविधानका अन्तरवस्तुमा मात्रै छलफल हुने बताएपछि एजेण्डामा कुरा नमिलेको हो । सर्बदलिय राजनीतिक सम्मेलन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर स्थित लोत्से हलमा बिहान ८ः३० बजेका बोलाइएको थियो । एजेण्डामा विवाद भएपछि समय तालिका प्रभावित भएको छ ।
प्रमुख चार राजनीतिक दलको सहमति तथा नेपाल सरकारको आयोजनामा हुने राजनीतिक सम्मेलनमा संविधानसभा भित्र रहेका र बाहिर रहेका दलका प्रतिनिधि सहभागि हुनेछन् । सम्मेलनमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) पाँच पाँच र अन्य दलबाट एक एक प्रतिनिधिको सहभागिता रहने तय भएको छ । नेकपा माओवादीबाट भने सम्मेलनमा अध्यक्ष मोहोन बैद्यको नेतृत्वमा ६ जना सहभागि हुने भएका छ । संविधानसभा भित्रका ३१ र बहिराको ४१ दल सहभागि हुनेछन् । संविधानसभाको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालले सम्मेलन बहिष्कार गर्ने घोषणा गरेको छ ।

Post a Comment