गोरखा, भाद्र ३० –जनयुद्धका क्रममा राज्य पक्षबाट हत्या गरिएका बिजुला बन्जरा “बिनिता” र कल्पना बन्जरा “अपेक्षा”को दशौ स्मृतिसभा गोरखाको तान्द्राङ गा.विसको अमर आज बस्तीमा सम्पन्न भएको छ । एकिकृत नेकपा माओबादीका नेता लोकप्रसाद बन्जराको अध्यक्षतामा सम्पन् भएको स्मृतीसभामा एमाओबादीका जिल्ला सदस्य बिनोद पाण्डे र तान्द्राङ गाउपाटीका अध्यक्ष शेषनाथ भट्टराईले मन्तव्य राख्नुभएको थियो ।
तत्कालिन नेकपा माओबादीका इलाका सेक्रेटरी एवं अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला उपाध्यक्ष बिजुला बन्जार र अखिल क्रान्तिकारीका जिल्ला सहसचिव कल्पना बन्जरालार्ई २०६२ साल भदौ ३० गतेका दिन तत्कालिन शाहि नेपाली सेनाले गिरफ्तार गरि पन्द्रुङ तीनखण्डेमा हत्या गरेका थिए ।

Post a Comment