गोरखा, भाद्र ३० –लिगलिगे दौड प्रतियोगिता सम्पन गर्नको लागि करिव १३ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष अनिल थापा मगरले बताउनुभएको छ । यहि असोज १४ गते फुलपातिको अघिल्लो दिन हुने दौड प्रतियोगीतामा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकहरु सहभागी हुने आयोजकले जनाएको छ । लिगलिगे दौड वि.स १६०४ बाट सुरु भएको हो । वि.स १६०४ देखी १६ सय १५ सम्म लिगगिकोटमा १५÷२० बर्षका दलसुर घले मगरहरुले लिगिलिग दौड जिति राजा भई राज्य गरेका थिए । पछि वि.स २०१६ सालमा द्रव्यशाह राजा भएपछि दौडेर राजा हुने प्रचलन अन्त्य भएको हो । लिगलिग विकास अभियानले आन्तिरिक तथा बाह्य पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यले वि.स २०६७ सालदेखी निरन्तर दौड प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
ऐतिहासिक, धार्मीक, पुरातात्विक स्थलको संरक्षण र सम्बद्र्धन गर्ने र स्थानिय स्रोत साधनको प्रयोग गरी स्थानिय जनतालाई आत्मानिर्भर गराउने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरेको अभियानका अध्यक्ष थापाको भनाई छ । धावकहरुले चेपे र मस्र्याङ्दीको दोभान चेपेघाटबाट दौडन सुरु गरी लिगलिगकाट दरवार सम्म पुग्नुपर्ने छ । खुल्ला दौडका लागि १३ किलो मिटरको दुरी तय गरिएको छ । खुल्ला दौडमा महिला र पुरुष सवैले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । समावेशी तर्फ महिलाहरुको लागि ५ किलोमिटरको दुरी तोकिएको छ ।
खुल्ला तर्फ दौड प्रतियोगीतामा प्रथम हुनेले ५० हजार ५ सय ५ र श्रीपेच, द्धितिय हुनेले २५ हजार २ सय ५, तृतिय हुनेले १० हजार १ सय १, चौथो हुनेले ५ हजार ५०, पाचौ हुनेले ३ हजार ३० पुरस्कार पाउने छन् ।
त्यस्तै समावेशी महिला तथा लिगलिग बासी दौडमा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ५ हजार र तृतिय हुनेले ३ हजार पुरस्कार पाउने छन् । विगतमा अतिथिको राम्रो व्यवस्थापन नगरेको जस्ता आरोप खेपेको आयोजकले यस वर्ष भने सवै कमजोरीहरु सुधार हुने बताएको छ ।

Post a Comment