गोरखा, भाद्र ३० –असार मसान्त देखी अहिले सम्म गोरखाका ९ जना महिलाहरु बेपत्ता भएका छन् । बेपत्ता भएका ९ महिला मध्ये ३ जना फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाको महिला सेलले जनाएको छ । आर्थिक बर्ष २०७०÷७१ मा ५२ जना महिला बेपत्ता भएका थिए । जसमध्ये ८ जना महिला फेला परेका छन् भने ४४ जना अझै फेला परेको सम्पर्कमा नआएको महिला सेलको तथ्याङ्कमा उल्लेख छ । आर्थिक बर्ष ०६९÷०७० मा ६७ जना महिला बेपत्ता भएका थिए । बेपत्ता भएका ६७ जना महिलामा ९ जना फेला परेको र ५८ जना अझै फेला परेका छैनन् ।
यस्तैगरी आर्थिक बर्ष ०६८÷०६९ मा ५४ जना महिला बेपत्ता भएकोमा २० जना फेला परेका थिए भने ३४ जना फेला परेको सम्पर्कमा आएको छैन । बिषेश गरी श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाहरु बेपत्ता भएको उजुरी पर्ने गरेको महिला सेलले जनाएको छ । बेपत्ता हुने महिलाहरुमा २० देखी ४० उमेर समुहका रहेका छन् । गोरखामा पछिल्लो समयमा महिलाहरु बेपत्ता भएका उजुरी बढेको महिला सेलले जनाएको छ ।
त्यस्तै चालु आर्थीक बर्षमा ६ जना बालिका र १ जना बालक बेपत्ता भएका छन् । बेपत्ता भएका ६ बालिका मध्ये ३ जना फेला परेको छ । आर्थीक बर्ष २०७०÷०७१ मा २४ बालिका र २२ बालक बेपत्ता भएको र बेपत्ता भएका मध्ये ७ बालक र ८ बालिका फेला परेको महिला सेलको तथ्याङ्कमा छ । अझै १५ बालक र १६ बालिका फेला परेका छैन ।
आर्थीक बर्ष ०६९÷०७० मा १६ बालक र १३ बालिका बेपत्ता भएकोमा ३ बालक र ३ बालिका फेला परेको र १३ बालक र १० बालिका फेला परेको जानकारी नआएको महिला सेलले बताएको छ । त्यस्तै ०६८÷०६९ मा १० बालिका र ९ बालक बेपत्ता भएकोमा ६ बालिका र १ बालक फेला परेको छ भने अन्य अझै फेला परेको जानकारी नआएको बताईएको छ । हराएको उजुरी आउने गरेको भएपनि फेला परेको जानकारी नदिने कारणले गर्दा फेला पर्नेको एकिन तथ्याङ्क महिला सेलसंग नभएको कार्यालयले जनाएको छ ।

Post a Comment