काठमाण्डौ, भाद्र ३० –हृदय तथा मस्तिष्कघातबाट निधन हुनुभएका एकीकृत नेकपा माओवादीको अन्त्येष्टि गरिएको छ । बोगटीको पशुपति आर्यघाटमा केहीबेर अगाडी अन्त्येष्टि गरिएको हो । उहाको पार्थिब शरिरमा २ छोरीहरु प्रभा र प्रतिभा बोगटी तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  दागबक्ति दिनुभएको थियो भने अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओडाउनुभएको थियो । यस्तै नेपाल सरकारले उहाँलाई अन्तिम सलामी अपर्ण गरेको छ । उहाँको अन्तिम सस्कारमा बिभिन्न दलका नेता कार्यकर्ता र शुभचिन्तकहरु उपस्थित भएका थिए । यस्तै उहालाई श्रद्धान्जली दिन प्रधानमन्त्री सुशील कोइराला, नेपाल सरकारका मन्त्रीहरु, सभासदहरु तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र सुभचिन्तकहरु खुल्ला मन्च पुगेका थिए । बिहिबार राती हृदय तथा मस्तिष्कघात भएका बोगटीको थापाथलि स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ७ बजेर २५ मिनेटमा निधन भएको थियो ।

बि.सं. २०१० साल श्राबण ३ गते तुप्चे २, नुवाकोटमा जन्मनुभएका बोगटिले बिसं २०३५ सालदेखि राजनीति सुरु गर्नुभएको हो । बोगटी झलनाथ खनाल नेतृत्वको सरकारमा सुचना तथा सन्चार र बाबुराब भट्टराई नेतृत्वको सरकारमा जलश्रोत तथा उर्जा र सस्कृती तथा पर्यटन मन्त्री समेत बन्नुभएको थियो ।

बोगटी बिसं २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्ला क्षेत्र नम्वर ३ बाट विजयी हुनुभएको थियो । बिसं २०७० सालमा हेटौडामा भएको सातौं महाधिवेशनबाट एकीकृत नेकपा माओवादीका महासचिव हुनुभएका बोगटी बिराटनगर राष्ट्रिय सम्मेलन पछि उपाध्यक्षमा निर्वाचित हुनभएको थियो । बोगटी पार्टी भित्र सहकारिता र समाजवादको ज्ञाता मानिनुहुन्छ ।नुवाकोटको तुप्चेका स्थायी बासिन्दा बोगटी आफ्नो घरजग्गा स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर २०५२ सालमा जनयुद्ध थालनीसंगै सपरिवार भूमिगत हुनु भएको थियो । उहाका छोरा रवि वोगटीको विद्रोह कै क्रममा हत्या भएको थियो । अहिले उहाका दुई छोरी र श्रीमती हुनुहुन्छ ।

Post a Comment

 
Top