गोरखा असोज १ –भोली राष्ट्रिय परिवार नियोजन दिवस मनाईदैछ । गोरखामा परिवार नियोजनको अस्थाई साधन कण्डम प्रयोग गर्नेको सङ्ख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखाका जम्मा एक प्रतिशत मानिसहरुले मात्र कण्डम प्रयोग गर्ने गरेको स्वास्थ्य प्रमुख  श्रेष्ठले बताउनुभएको छ । साउजी मलाई कण्डम दिनुस् भन्ने हिम्मत नभएको श्रेष्ठको भनाई छ । परिवार नियोजनका अस्थाई साधन प्रयोग नगरेको, तथा अशुरक्षीत यौन जन्य क्रियाकलापका कारण जिल्लामा एचआईभी संक्रमीतहरुको संख्यामा पनि बृद्धि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
परिवार नियोजनमा सहयोग गर्न जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकामको बसपार्क, पेट्रोल पम्प लगायत नगरपालिका क्षेत्र भित्रका लक्ष्मीबजार, आहाले लगायतका क्षेत्रमा केही दिनभित्रमा कण्डम बक्स स्थापना गर्ने जनाएको छ । आर्थीक बर्ष २०७०÷०७१ मा जिल्ला स्वास्थ्य कार्यालयले २ लाख ९२ हजार ८ सय ४२ गोटा कण्डम वितरण गरेको छ । आर्थिक बर्ष ०६९÷०७० को तुलनामा कण्डम वितरणको दर बढेपनि उल्लेख्य मात्रामा बृद्धि हुन सकेको छैन । ०६९÷०७० मा १ लाख ९९ सय हजार ४ सय ५५ गोटा कण्डम वितरण गरिएको थियो ।
गोरखामा गत बर्षको तुलनामा परिवार नियोजनका साधनको प्रयोग दर बढेपनि उल्लेख्य मात्रामा भने बढ्न सकेको छैन । आर्थिक बर्ष ०६९÷०७० परिवार नियोजनको साधनको प्रयोगदर ३६ प्रतिशत थियो भने २०७०÷०७१ मा ३ प्रतिशत बृद्धि भई ३९ प्रतिशत पुगेको छ ।

Post a Comment

 
Top