जिल्ला वन कार्यालयले काठ बिक्रीबाट ६२ हजार भन्दा बढि राजस्व संकलन ग¥यो, सामुदायिक वन व्यवस्थापनमा स्थानियको बढ्दो सहभागिता । गोरखा असोज १ –आर्थिक वर्ष ०७०।०७१ मा जिल्ला वन कार्यालय गोरखाले तीनसय ६६ क्युफिट काठ विक्री गरेको जनाएको छ । चिरान काठ २८० क्युफिट, गोलिया साल काठ ८६ क्युफिट नियम अनुसार विक्री भएको जिल्ला वन कार्यालय गोरखाका प्रमुख दुर्गा बहादुर कार्कीले बताउनुभयो । 
यसको विक्री मुल्य चिरान काठको तीन लाख ७८ हजार र गोलिया काठको ३८ हजार ८०८ रहेको छ । यसबाट जिल्ला वन कार्यालय गोरखाको राजश्व खातामा ६२ हजार ५३१ रुपैयाँ राजश्व संकलन भएको  छ । यस वर्ष वन गोडमेल गर्दा निस्किएका तीन चट्टा दाउरा विक्री भएको कार्यालयले जनाएको छ । पछिल्लो समयमा गोरखाका सामुदायिक वन व्यवस्थापनमा स्थानीयको सहभागिता बढेको उहाँले बताउनुभयो ।

Post a Comment

 
Top