भाद्र २७ –जापानमा प्रौढ जनसङ्ख्या बढिरहेको जापानी सरकारले जनाएको छ । जापानमा १ सय वर्ष नाघेका व्यक्तिको सङ्ख्याले नयाँ कीर्तिमान कायम गरेको देखिएको सरकारले जनाएको छ । सरकारले यस्ता उमेरसमूहका व्यक्तिको सङ्ख्या गत ४४ वर्षदेखि बढ्दै आएको पनि जनाएको  छ । जापानमा यस वर्ष सेप्टेम्बर १ मा १ सय वर्ष नाघेको व्यक्तिको सङ्ख्या गत वर्षको तुलनामा चार हजार ४ सय २३ बाट बढेर ५८ हजार ८ सय २० पुगेको  छ । यसमा महिलाको प्रतिशत ८७ दशमलब १ रहेको छ । जापानमा प्रति एक लाख जनसङ्ख्यामा ४६ दशमलब १ व्यक्ति सय वर्ष नाघेको देखिएको छ । यस सङ्ख्यामा जापानका सबैभन्दा बढी उमेरका महिला तथा पुरुष पनि परेका छन् र यी पाका व्यक्तिलाई गिनिज वल्र्ड रेकर्ड्सले स्वीकार गरेको छ । सन् १९६३ मा त्यहाँको सरकारले सय वर्ष नाघेका नागरिकको जनसङ्ख्या गणना गर्न थाल्दा केबल १ सय ५३ व्यक्ति मात्र १ सय वर्ष नाघेका थिए ।  सन् १९९८ मा यो सङ्ख्या बढेर दस हजार पुगेको देखिएको थियो । यसरी हरेक वर्ष तीन हजारदेखि चार हजार व्यक्ति १०० वर्ष नाघेको सङ्ख्यामा थपिने गरेको देखिएको छ । साभार रेडियो मैत्रि

Post a Comment

 
Top