भाद्र २७ –असोज ३ गतेदेखि सुरु हुने एसियाडका लागि नेपाली आर्चरी टोली आज दक्षिण कोरियाको इन्चोन प्रस्थान गर्दैछ । सत्रौं एसियाली खेलकुदअन्तर्गत आर्चरीतर्फ सहभागी हुन ८ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो । प्रतियोगितामा पुरुषतर्फ प्रेमप्रसाद पुन, जितबहादुर मोक्तान, असिम शेरचन र रमेश भट्टचनले प्रतिस्पर्धा गर्नेछन् ।  महिलामा कृष्णमाया स्याङतान, अलिशा तामाङ, मोनिका राना मगर र रेणु लामाले खल्नेछन् । टिम प्रशिक्षकमा दीपक गुरुङ र लि चो वन तथा व्यवस्थापकमा रमेश सिवाकोटी रहेका छन् । साभार रेडियो मैत्रि

Post a Comment

 
Top