गोरखा, भाद्र २७ –असल छिमेकी नेपालद्वारा सञ्चालित गोरखा सामुदायिक विकास परियोजनाले लापु, थुमी, आरुआर्वाङ र फिनामका प्राथमिक तहका २०६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । आज एक कार्यक्रममाका बीच सरस्वति उच्च मावि, फिनाममा ति गाविसका विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो । गोरखा सामुदायिक विकास परियोजनाका व्यवस्थापन समिति सदस्य जमिन मियाको अध्यक्षतामा भएको कार्यक्रममा नारेश्वर श्रोतकेन्द्रका श्रोतव्यक्ति दुर्गाराज मल्ल, परियोजनाका सदस्य विष्णुप्रसाद न्यौपाने र परियोजना संयोजक विकास निरौलाले शिक्षाको गुणस्तरीयता बढाउनको लागि यस्ता कामहरुमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment