भाद्र २७ –नेकपा–माओवादीलगायत साना दलहरुको मोर्चाले नेपाल सरकार र भारतीय सरकारले हालै गरेको पिटिए सम्झौता पत्र जलाएका छन् । आज सिंहदरबारको दक्षिण पूर्वीगेट हनुमान थानमा १ घण्टे धर्ना दिनेक्रममा सो सम्झौता घातक भएको भन्दै जलाएका हुन् । ती पार्टीहरुले सरकारले गर्न खोजिएको पिडिए सम्झौताको पनि विरोध गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी प्रवक्ता पम्फा भुसालले नेपालमा विगतदेखि नै ठूल्ठूला जलस्रोतसम्बन्धी राष्ट्रघाती सम्झौताहरु हँुदै आएको भन्दै प्रधानमन्त्री सुशिल कोइरालाले कर्णाली बेच्दै गरेको खुलासा गर्नुभयो । उहाँले मात्रिकाप्रसाद कोईरालाले कोशी बेचेको, बिपी कोइरालाले गण्डकी बेचेको, गिरिजा कोइरालाले टनकपुर बेचेको उल्लेख गर्नुभयो । उहाँले नेपाली जनताको पहिलाको जस्तो चेतना अब नरहेको भन्दै राष्ट्रहितविपरीत काम गर्नेहरुलाई अब जनताले नछोड्ने चेतावनी समेत दिनुभयो । साभार रेडियो मैत्रि
Subscribe to:
Post Comments (Atom)
Post a Comment