भाद्र २७ –प्रधानमन्त्री दैवी प्रकोप उद्वारकोषमा कृषि विकास बैकले १६ लाख रुपैया सहयोग गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालालाई बैकका अध्यक्ष प्रमोद कार्कीले सो रकम उल्लेखित चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष कार्कीले बैकले प्रधानमन्त्री कोइरालाको आह्वानलाई सम्मान गर्दै प्राकृतिक विपत्तिमा जनतालाई राहत र पुनस्थापना गर्ने कार्यमा सरकारलाई सघाउनु हरेक संस्थाहरुको कर्तब्य भएकोले सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालक समितिको निर्णयले सो रकम प्रदान गरिएको बताउनु भएको थियो । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विपद्को बेलामा सहयोग गर्नुभएकोमा धन्यवाद दिदै सहयोग रकमको सदुपयोग होस भनेर अहिले विशेष ध्यान दिइ सो अनुरुप व्यवस्था गरिएको बताउनु भएको थियो । साभार रेडियो मैत्रि
Subscribe to:
Post Comments (Atom)
Post a Comment