भाद्र २७ –अर्थमन्त्री रामशरण महतले सरकार र प्रधानमन्त्री निर्धारित समयभित्रै संविधान बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सबैलाई समेटेर भनिएकै समयमा संविधान जारी गर्न प्रधानमन्त्री लागिपरेको बताउनुभयो । राजनीतिक दलका शीर्ष नेताले प्रधानमन्त्रीले संविधान बनाउन नचाहेको भनी दिएको अभिव्यक्तिको खण्डन गर्दै मन्त्री महतले नयाँनयाँ बखेडा झिकेर संविधान बन्न नदिने खेलमा एकीकृत नेकपा (माओवादी) लागेको आरोप लगाउनुभयो । सर्वपक्षीय सभाको विषयमा विवाद गर्नु जरुरी नरहेको भन्दै उहाँले सर्वपक्षीय सभाका कारण संविधान निर्माण गर्ने काममा ढिलाइ नहुने बताउनुभयो । साभार रेडियो मैत्रि

Post a Comment

 
Top