भौतिकपुर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले दाङको सडक विस्तार जनताको माग अनुसार हुने बताउनु भाएको छ । तुलसीपुर बजार संरक्षण तथा वार्ता समितिले बुभाmएको ज्ञापन पत्र बुझदै सचिव सीटौलाले तत्काल तुलसीपुर बजार क्षेत्रभित्र सडक विस्तार नहुने बताउनु भयो । त्यसैगरी सडक विभागका महानिर्देशक देबेन्द्र कार्कीले स्थानिय स्थरमा टोली पठाएर त्यसको रीर्पोटका आधारमा काम अघि बढाइने बताउनु भयो । उहाँहरुले क्याविनेटले निर्णय गरेर सकडको सिमा घटाउन सकिने समेत बताउन’भएको छ । ज्ञापनपत्रमा तुलसीपुर बजार क्षेत्र भित्र नगरविकास समितीले कायम गरेको मापदण्डलाई आधार बनाई सडक विस्तार गर्न अन’रोध गरिएको छ । त्यस्तै दाङका सबै खोलाहरुमा पक्कीपुल ,घोराहि तुलसिपुर र दोघरे सुर्खेत सडकको स्तर उन्नती गर्न समेत माग गरिएको छ । ज्ञापन पत्र बुझाउदै सभासद तथा नेताहरुले सडक विस्तार भन्दा पहिला दाङका विभिन्न खोलाहरुमा पुल निर्माण गर्न अनुरोध गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment