चरमपन्थी विद्रोही संगठन ईस्लामिक स्टेट विरुद्ध बन्ने नयाँ गठबन्धनको नेतृत्व अमेरिकाले गर्ने भएको छ । ईस्लामिक स्टेट विरुद्धको नयाँ रणनीति घोषणा गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले अरबियन र मध्यपूर्वि देशहरु मिलेर बन्न लागेको विद्रोही विरुद्धको गठबन्धनले आतंकवादलाई निस्तेज पार्ने बताउनुभयो ।  ओबामाले आईएस विद्रोही ईराक, सिरिया, नाईजेरिया र पुरै मध्यपुर्वको लागि खतरा बनेको उल्लेख गर्नुभयो । ओबामाले स्वतन्त्रताको लडाई गर्नेहरुको पक्षमा  अमेरिका हुने बताउँदै आतंकवादलाई मुल मन्त्र बनाउनेसंग सम्झौता हुन नसक्ने बताउनुभयो ।
यसैबीच आफ्ना देशमा सञ्जाल फैलाईरहेको ईस्लामिक स्टेटविरुद्ध कारवाही गर्न सिररियाले अमेरिकालाई अनुमति दिने तयारी गरेको छ । अमेरिकाले सिरियाली सैनिकलाई अत्याधुनिक हतियार सहित प्रशिक्षण दिने रणनीति पनि लिएको छ । ईस्लामिक स्टेटले सिरियाको रक्का शहरबाट समानान्तर सरकारको घोषणा गरेको छ । उसले आफु नियन्त्रीत क्षेत्रमा प्रशासकहरु पनि नियुक्त गरेको छ । रेडियो मैत्रि

Post a Comment

 
Top