थाईल्याण्डमा जारी एएफसी यु–१६ च्याम्पियनसिपमा आज नेपालले क्वाटरफाईनल प्रवेशका लागि उत्तरकोरियाको सामना गर्दैछ । पहिलो खेलमा साविक विजेता उज्वेकिस्तानलाई १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा कुवेतलाई २–१ ले हराएको थियो ।  नेपाली टोलीले आज उत्तरकोरियालाई बराबरीमा रोके मात्र पनि क्वाटरफाईनलमा स्थान सुरक्षित गर्ने छ । खेल दिउसो पौने ३ बजेदेखि सुरु हुनेछ । बिमल घर्ति मगरको नेतृत्वमा खेलिरहेको नपालले आजको खेल जितेमा समुह ‘सि’को विजेता हुने सम्भावना पनि बलियो छ । समुहमा नेपाल र उज्वेकिस्तानको समान ४ अंक छ । फिफा बरियातामा उत्तरकोरिया नेपाल भन्दा माथि रहेपनि नेपाली युवा टोलीको खेल कमजोर नभएकाले आजको खेलमा जित हासिल हुने प्रशिक्षक बालगोपाल महर्जनले बताउनुभएको छ । प्रतियोगिताको सेमिफाईनल पुग्ने टोलीले २०१५ मा चिलिमा हुने यु–१७ विश्वकप खेल्ने अवसर पाउने छन् ।

Post a Comment

 
Top