राजधानीबाट दशैका लागि बाहिरिने यात्रुका लागि बुकिङ खुला भएको पहिलो दिन नै आधा टिकेट सकिएको छ । दशैमा काठमाडौंबाट १६ लाख यात्रु बाहिरिने अनुमान गर्दै यातायात व्यवसायी र सरकारले राजधानिका विभिन्न स्थानमा रहेको बुकिङकाउण्टरमार्फत हिजोदेखि टिकेट बुकिङ खुल्ला गरेका थिए । नयाँ बसपार्क, पुरानोबसपार्क, कलंकी तथा गौशाला क्षेत्रमा टिकट बुकिङ गर्न हिजो बिहानदेखि नै यात्रुको भिड लागेको थियो । उपत्यकाका काउन्टरबाट मात्रै हिजो पहिलो दिननै ५० प्रतिशत टिकेट बिक्रि भैसकेको नेपाल राष्ट्रिय यातायात व्यबसायी महासंघका महासचिब सरोज सिटौलाले जानकारी दिनुभयो । आज पनि टिकेट लिनका लागि काउन्टरहरुमा सर्बसाधारणको भिड लागेको छ । गण्डकी अञ्चलका लागि भने असोज ५ गतेबाट टिकेट बुकिङ खुला हनेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment