नेपाल राष्ट्रबैकले आगामी आइतबारदेखि दशैलाई मध्यनजर गर्दै नया नोट वितरण गर्ने भएको छ । दशै मनाउन गाउ फर्कने यात्रुलाई समेत सहज होस भनेर राष्ट्र बैकले यसपटक चाडै नया नोट वितरण गर्न लागेको जनाएको छ । राष्ट्र बैंकका प्रबक्ता मोहनकुमार श्रेष्ठले ५, १०, २०, ५० र १०० रुपैयाका नोट सटही गरिने जानकारी दिनुभयो । उहाका अनुसार १ जनालाई २२ हजार रुपैया सम्मसटही गरि उपलब्ध गराइने छ । राष्ट्र बैंकले उपत्यका बाहिर बिराटनगर, जनकपुर, बीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा रहेका शाखाबाट पनि सटही सुबिधा उपलब्ध गराउने जनाएको छ । रेडियो मैत्रि
Subscribe to:
Post Comments (Atom)
Post a Comment