अफगानिस्तानको कुनार प्रान्तमा नेटो सेनाले गरेको आक्रमणमा ११ जना सर्वसाधरणको मृत्यु भएको छ । सो क्षेत्रमा खटिएका सरक्षाकर्मीहरुमाथि गुप्त स्थानबाट सामन्य हमला भएपछि नेटो सैनिकले सर्वसाधरण नागरिक माथि नै आक्रमण गरेको बिबिसिले जनाएको छ । अफगानी राष्ट्रपति हमिद कारजाईले घटनाको आलोचना गर्नुभएको छ । उहाँले घटनाबारे अनुसन्धान सुरु गरिएको पनि बताउनुभयो । सो घटना पछि नेटो अफगानिस्तानबीचको सम्बन्धमा थप तिक्तता बढेको छ । अफगानिस्तानले आफ्नै नागरिकको हत्यामा संलग्न हुने नेटो सैनिकलाई तत्काल फिर्ता गर्नुपर्ने बताउँदै आएको छ । यता, अमेरिकी सेना प्रवक्ताले भने सैनिकमाथि आक्रमण गर्नेहरु आतंकवादी माथि नै कारवाही गरिएको दावी गरेका छन् ।
Home
»
अन्तराष्ट्रिय
» अफगानिस्तानको कुनार प्रान्तमा नेटो सेनाले गरेको आक्रमणमा ११ जना सर्वसाधरणको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Post a Comment