गोरखा, भाद्र २६ –नेपाली कंग्रेस जिल्ला कार्य समिति गोरखाले जिल्लाको विभिन्न समस्याहरु यथासक्य छिटो समाधान गर्नको लागि प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेललाई स्मरण पत्र बुझाएको छ । बाढि र पहिरोका कारण जिल्लाको विभिन्न ठाउँहरुमा पु¥याएको जनधनको क्षतिको एकिन तथ्याङ्क संकलन गरि राहत सामग्री जति सक्दो चाडो उपलव्ध गराउन आग्रह गरेको छ । जिल्लाको आरुघाट सडकखण्ड लगायत अन्य कच्चि सडकहरु मर्मत तथा पुनः निर्माण गरी तत्काल यातायात सुचारु गराउन, चाडवार्डको अवसरमा व्यापारीहरुले कृतिम अभाव खडा गरी मुल्य बृद्धि गर्न सक्ने हुनाले त्यसको अनुगमन गर्न, खान्चोकमा भएको बस दुर्घटनामा परि मृत्यू र घाईते का परिवारलाई उचित क्षतिपूति उपलव्ध गराउन, जिल्लाको शान्ति सुरक्षा कायम राख्न नेपाली कंग्रेसले जिल्ला प्रशासनलाई आग्रह गरेको छ ।
सरकारी विकासे अड्डाहरुले राजनितिक दलहरुलाई विकास निर्माणको काममा सहभागीता नगराई राजनितिक दलहरुलाई विकास निर्माणको कार्यबाट पन्छाउन खोजेको नेपाली कांग्रेस गोरखाका सभापति हरी घलेले बताउनुभएको छ ।
स्मरण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले आरुघाट सडकखण्डमा यातायात सुचारु गर्नको लागि प्राविधिक खटाएर बाटो मर्मत कार्य सुरु गरेको बताउनुभएको छ । जिल्लाको ४० वटा विद्यालयमा बाढि पहिरोले क्षति पु¥याएको विवरण प्रधानमन्त्रिको कार्यालयमा पठाएको र घैरुङको भगवति हिमालय उच्च माविमा भने क्षतिपुर्ति स्वरुप ३ लाख रकम उपलव्ध गराएको खरेलले बताउनुभयो ।
यस्तै गरी स्थानिय विकास अधिकारी महेश बराललाई पनि जिल्लामा विकास निर्माणका कार्यहरु अवरुद्ध भएको भन्दै नेपाली कंग्रेस गोरखाले आज ध्यानाकर्षण पत्र बुझाएको छ ।
एकिकृत नेकपा माओवादिको आन्तरिक किचलोका कारण देखाई स्थगित भएको जिल्लाको बार्षिक समीक्षा बैठक तत्काल आयोजन गर्न उनिहरुले माग गरेका छन् । जिल्लाको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन एम्सीपिएम मा नकरात्मक असर पर्न सक्ने भन्दै उनिहरुले यस्तो माग गरेका हुन् । उनिहरुले जिल्लाको राजनितिक परामर्श समितिको बैठक आयोजन गर्न, लघु जलविद्युत आयोजना सञ्चालन गर्नको लागि स्थलगत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन, आर्थीक बर्ष २०७१÷७२ मा सञ्चालन गरिने विकास निर्माणका कार्यहरु हतार हतार नगरी प्रभावकारी कार्यान्वयन गर्न, विकेन्द्रित ग्रामीण पुर्वाधार तथा जिवीकोपार्जन कार्यक्रम ड्रिलिप बाट सडक मर्मतको लागि विनियोजन गरेको रकमको लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न नेपाली कांग्रेस गोरखाले आग्रह गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै स्थानिय विकास अधिकारी महेश बरालले जिविसको मर्मत सम्भार कोषमा रहेको १५ लाख रकम र सडक डिभिजनको सहयोगमा गोरखाका ग्रामीण सडकहरु छिट्टै मर्मत गरी यातायात सुचारु हुने बताउनुभएको छ ।

Post a Comment