गोरखा, भाद्र २६ –एकीकृत नेकपा माआवादी इलाका नं. १, गोरखाको बैठक आज गोरखा बजारमा सम्पन्न भएको छ । बैठकले नगर वडा पार्टी र गाउँ पार्टीको बैठक गर्ने, पार्टी सदस्यहरुको भेला प्रशिक्षण गर्ने, संघीय संविधान निर्माणमा हाम्रो भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने, दशै, तिहार, छठ र भिन्तुनाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, जनवर्गीय, जातीय मोर्चाहरुको गठनपुनर्गठन गर्ने निर्ण गरेको छ । इलाका नं. १ का इन्चार्ज अकुर तिमिल्सिना –आयाम)को अध्यक्षतामा सम्पन्न बैठकमा एमाओवादीका केन्द्रीय सदस्य अमर तमु, क्षेत्र नं. १ का ईन्चार्ज दिपक तिमिल्सिना (साकार), इलाका नं. २ का इन्चार्ज कृष्ण रानामगर लगायतले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment