(भाद्र २७ –) १८ औं एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ प्रतिस्पर्धीसहित १९ सदस्यीय नेपाली भेट्रान टोली भोली जापानको टोकियो प्रस्थान गर्ने भएको छ । सेप्टेम्बर १९ देखि २३ तारिखसम्ममा च्याम्पियनसिप संचालन हुने छ । ५ हजार मिटर दौडमा रणबहादुर राई, २ सय मिटर दौडमा बालकृष्ण डंगोल, ५ हजार र १० हजार मिटर दौडमा धर्म महर्जनले प्रतिस्पर्धा गर्नुहुने छ । यस्तै १० हजार मिटर दौडमा भीमसेन अवाले, ४ सय र ८ सय मिटर दौडमा रमेश शाक्य, १ हजार ५ सय मिटर दौडमा तीर्थरत्न मानन्धर, ५ हजार मिटर दौडमा बुद्धवीर लामा, १ सय मिटर दौडमा मालती गौचनले प्रतिस्पर्धा गर्नुहुने छ ।
अफिसियलमा नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीका अध्यक्ष गोबरदननाथ शर्मा र उपाध्यक्ष यज्ञलाल श्रेष्ठ, प्रमुख प्रशिक्षकमा भैरव शाही, सहायक प्रशिक्षकमा विश्वरत्न मानन्धर तथा व्यवस्थापकमा वीरलाल श्रेष्ठ रहेका छन् । साभार रेडियो मैत्रि

Post a Comment