भाद्र २७ –नेपाल पञ्चाङ््ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । समितिका अनुसार वर्षको दशैंको टिकाको उत्तम साइत असोज १७ गते बिहान १० बजेर १५ मिनेटमा जुरेको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालयका झण्डा फेर्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको छ ।
असोज १५ गते बुधबार फूलपातीका दिन बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ८ बजेर ४३ मिनेटमा रहेको छ । फूलपाती भित्रयाउनका लागि भने साइतको आवश्यकता नपर्ने समितिले जनाएको छ । साभार रेडियो मैत्रि

Post a Comment