गोरखा, भाद्र २३ –एकीकृत नेकपा माओवादी र नेकपा माओवादीले गोरखामा संयुक्तरुपमा सुरेश वाग्ले बासु, भिमसेन पोखरेल वैरागी र विजय खनाल दर्शनको स्मृति सभा मनाएको छ । यता दुई पार्टीले संयुक्तरुपमा स्मृति सभा मनाउदै गर्दा भट्टराई पक्षले भने छुट्टैरुपमा जिविस हलमा स्मृति सभा मनाएको थियो ।
दुई माओवादिले संयूक्त रुपमा आयोजना गरेको स्मृति सभामा बोल्दै नेकपा माओवादीका केन्द्रीय सदस्य एवं तमुवान इन्चार्ज श्रीनाथ अधिकारी (श्याम)ले शहीद वेपत्ता योद्धाहरुको सपना पुरा गर्न विचार र सिद्धान्तमा दृढ भएर अगाडि बढ्नुपर्ने बताएका छन् । उहाँले पार्टी एकताको लागि पार्टीको पथप्रदर्शक सिद्धान्त र कार्यदिशा एउटै हुनुपर्ने धारणा व्यक्त गर्दै फरक फरक पथप्रदर्शक सिद्धान्त र कार्यदिशा हुदा सम्म पार्टी एकता हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।
त्यसैगरी एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं तमुवान इन्चार्ज हरि अधिकारी (कुमार)ले विगतका आग्रहपूर्वाग्रहरुलाई त्याग्दै शहीदले देखाएको बाटोमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले नेपाली क्रान्तिको बाँकी कार्यभार पुरा गर्न नेपालका सम्पूर्ण कम्युनिष्टहरु एउटै कम्युनिष्ट केन्द्र बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
स्मृति सभामा एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य एव. सभासद कृष्ण धिताल, नेकपा माआवादीका केन्द्रीय सदस्य हरि चुमान (अजित), एकीकृत नेकपा माओवादीका जिल्ला सल्लाहकार बसन्त बराहकोटी बलदेव, पूर्व सभासद पार्वती थापामगर, शहीद वासुका छोरा दिपक वाग्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।
एकीकृत नेकपा (माओवादी)का जिल्ला अध्यक्ष लेख बहादुर थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेकपा माओवादीका जिल्ला सहसचिव नारायण अधिकारीले गर्नुभएको थियो ।
यता, शहीद स्मृति दिवसको अवसरमा भट्टराई समुहले छुट्टैरुपमा जिविसहलमा विचार गोष्ठि कार्यक्रम गरेको छ । प्रचण्ड पक्षधर नेताहरुले आफुहरुको त्यागलाई कुनै पनि मुल्याङ्कन नगरेको भन्दै भट्टराई पक्षधर नेताहरुले छुट्टै पार्टी गठन गरी गोरखामा विभिध कार्यक्रमहरु गर्दै आएको छ । भट्टराई पक्षधर नेता खिमलाल देवकोटाले माओवादिहरु यसरीनै विभाजित हुदै गए डाईनोसरहरु लोप भए जस्तै माओवादिहरु पनि लोप हुदै जाने बताएका छन् ।
बाबुराम भट्टराईले पार्टीमा नयाँ शक्तिको कुरा नउठाएको भए माओवादिमा बहसको विषयनै सकिने दावी गरेका छन् । देवकोटाले शहिदलाई सम्मान गर्ने शैली पुरानो भएको भन्दै पार्टीको भावी योजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली कम्युनिष्ट आन्दोलन र आजको आवश्यकता शिर्षकमा प्रस्तुत गरेको कार्यपत्रमा यादव शर्मा, प्राध्यापक ऋषि खनाल र डा. सुरेन्द्र देवकोटाले टिप्पणी गर्नुभएको थियो । भट्टराई समुहका जिल्ला नेता यान प्रसाद भट्टको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा शहीद सुरेशा वाग्लेका छोरा दिपक वाग्ले र शहीद भिमसेन पोखरेलका दाजु रुद्र पोखरेलले मन्तव्य राख्नुभएको थियो ।
एउटै शहिदहरुको २ ठाँउमा स्मृति सभा गरेको प्रति शहिदका परिवारहरुले भने दुःख व्यक्त गरेका छन् । शहिद सुरेश वाग्लेका छोरा दिपक वाग्लेले मन्तव्य राख्दै भन्नुभयो, शहिदहरु कहिल्यै विभाजीत हुन सक्दैन तर पार्टी विभाजीत भएको छ । नेतृत्व वर्गले शहिदले देखाएको बाटो भुल्दै गएको कारण शहिद तथा वेपत्ता परिवारहरु कुनै पनि कार्यक्रममा उपस्थित नहुने अवस्थामा पुगेको वाग्लेले बताउनुभएको छ ।

Post a Comment