गोरखा, असोज २ –राष्ट्रिय परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय गोरखा,सुआराहा, स्वारा सघन, कोसान र मेरी स्टोप्स सेन्टर गोरखाको संयूक्त आयोजनामा परिवार नियोजनका आधुनिक साधनहरुको हरमटारी चोकमा प्रदर्शनी गरेको छ । परिवार नियोजनका अस्थाई साधनहरु कण्डम, पिल्स, तिन महिने सुई, कपरटी, भ्यासेक्टोमी, मिनिल्याप जस्ता साधनहरुको प्रदर्शन गरेको छ ।
यस्तैगरी परिवार नियोजन दिवसकै अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालयले नगरपालिका भित्रका बसपार्क, पेट्रोल पम्प, आहाले, लक्ष्मीबजार र बाह्रकिलोमा कण्डम बक्स राखेको स्वास्थ्य प्रमुख विश्वराम श्रेष्ठले जानकारी दिनुभयो । निजि स्वास्थ्य संस्था तथा सरकारी कार्यालयहरुबाट कण्डम किन्न मानिसहरु लजाउने भएकाले कण्डम प्रयोग गरी परिवार नियोजन र यौन जन्य रोगहरुमा कमी ल्याउन स्वास्थ्य कार्यालयले कण्डम बक्स स्थापना गरेको बताएको छ । अन्य ५० ठाउँहरुमा पनि कण्डम बक्स स्थापना गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । 

Post a Comment

 
Top