असोज २ –नाइजेरियामा शिक्षक प्रशिक्षण केन्द्रमा आक्रमण हुँदा १५ जना मारिएका छन् । कानो शहरमा रहेको उक्त केन्द्रमा भएको घटनामा ३४ जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणकारी र प्रहरीबीच प्रशिक्षण केन्द्रभित्र पस्नुअघि गोली हानाहान भएको बताइएको छ । अधिकारीहरुका अनुसार सो आक्रमणमा दुई आत्मघाति आक्रमणकारीको पनि मृत्यु भएको छ । स्लामिष्ट समूह बोको हरामले आक्रमण गरेको आशंका गरिएको छ । सो समूहले सन् २००९ देखि नाइजेरियामा स्लामिष्ट राज्यको माग गर्दै लडिरहेको छ । नाइजेरियामा विद्रोहीको आक्रमणमा परि हालसम्म दुई हजार सर्वसाधारणले ज्यान गुमाइसकेको ह्युमन राइट्स वाचले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment