असोज २ –इटहरीको एक गेष्ट हाउसमा एक यूवतीको शव फेला परेको छ । उनी भदौं २९ गते बेलुका एक यूवकसँग होटलमा पुगेको प्रहरीले जनाएको छ । होटलको रजिष्टरमा भोजपुर ठेगाना बताईएको विनोद शाहीको नाममा कोठा नम्बर ९ बुक गरिएको थियो । होटलका कर्मचारीका अनुसार ती युवक भोलिपल्ट नै कोठा छोडी हिडेका थिए । कोठा सफा गर्ने क्रमममा गन्ध आएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । कोठाको खानतलासी गर्दा बक्स पलङ भित्र युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरी निरिक्षक कुन्दन देवले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment