असोज २ –संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बावुराम भट्टराईले माघ ८ गतेको समयसीमा पालना गर्न सबै राजनीतिक दलहरु प्रयत्नशील रहेको बताउनुभएको छ । आजको संविधानसभा बैठकमा आपूm नेतृत्वको संवाद समितिको प्रतिवेदनमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सभापति भट्टराईले समयमै संविधान दिनुपर्ने बताउनुभयो । एकीकृत माओवादीका नेता समेत रहनुभएका भट्टराईले विगतमा समयमै संविधान निर्माण गर्न नसक्दा अहिले विभिन्न शंका–उपशंका उब्जीएको उल्लेख गर्नुभयो । उहाँले समयमा नै संविधान निर्माण गर्नसके नेपालमा शान्ति, स्थिरता, विकास हुने भन्दै लागौँ युवा रोजगारीका लागि विदेशीनु पर्ने अवस्था हट्ने दाबी गर्नुभयो । नेपालमा संङ्घीय लोकतान्त्रीक संविधान बन्नुपर्ने उल्लेख गर्दै सभापति भट्टराईले संविधानका मुलभुत विषय वस्तुहरुमा छलफल गर्दै जाने पनि बताउनुभयो ।

Post a Comment

 
Top