असोज २ –संयुक्त अधिराज्य बेलायतमा रहने÷नरहने विषय टुङ्ग्याउन आज स्कटल्याण्डमा जनमत संग्रह हुँदैछ । जनमत संग्रहमा ४२ लाख मतदाताले सहभागिता जनाउने छन् । मतदाताले स्वतन्त्र स्कटल्याण्ड बारे ‘एस’ वा ‘नो’ मा भोट गर्न सक्ने व्यवस्था गरिएको छ । अधिकांश प्रारम्भिक सर्वेक्षणले संयुक्त अधिराज्य नटुक्रिने नतिजा बाहिर ल्याएका छन । जनमत संग्रह अघि बेलायती महारानी र प्रधानमन्त्रीले स्वतन्त्र स्कटल्याण्डको विपक्षमा मतदान गर्न आग्रह गरेका छन । बेलायत सरकारले आफुसंग रहे आफुले स्कटल्याण्डमा सञ्चालन गर्ने विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । जनमत संग्रहले स्कटल्याण्डलाई स्वतन्त्र बनाउने निर्णय गरे संयुक्त अधिराज्यको नक्सा नै बदलिनेछ भने स्कटल्याण्डलाई अधिराज्यकै पक्षमा रहने निर्णय गरेपनि त्याहँको शासकीय व्यवस्थामा ठुलो परिवर्तन आउने विश्लेषण गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment